काठमाडौं । साफ च्याम्पियनसिपको सर्वाधिक सफल टिम भारत आज श्रीलंकासँग खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा यो खेल नेपाली समय अनुशार पौने सात बजे हुनेछ । सात पटकको च्याम्पियन भारत अहिले पनि प्रतियोगिताको दाबेदार हो । यसपटक भारतले २३ बर्ष मुनिको युवा टिमलाई साफ च्याम्पियनसिपमा उतार्नेछ ।
अघिल्लो संस्करणमा अफगानिस्तानलाई हराएर च्याम्पियन बनेको भारतीय टिममा १७ बर्ष मुनिको विश्वकप खेलेका खेलाडीको राम्रो उपस्थिती रहेको छ । आजको खेल जित्ने टिमको सेमिफाइनल जित्ने सम्भावना बलियो हुनेछ ।
दक्षिण एसियाका प्रतिद्वन्द्वी भारत र श्रीलंकाले अहिलेसम्म १५ पटक खेलेका छन् । जसमा आठ खेल भारतले जितेको छ भने तीन खेल श्रीलंकाको पक्षमा छ । बाँकी चार खेल बराबरीमा सकिएको थियो । पछिल्लो १८ वर्ष यता श्रीलंकाले भारतलाई हराउन सकेको छैन ।
साफ च्याम्पियनसिपमा भने यी दुई टोली ६ पटक खेलेका छन् । जसमा ३ खेल भारतले जितेको छ भने दुई खेल बराबरी र बाँकी एक खेल श्रीलंकाले जितेको छ ।
प्रतिक्रिया