देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरिया र उसका सहयोगी राष्ट्रलाई अमेरिकी राष्ट्रपतिको चेतावनी

देशान्तर

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इद्लिवमा अन्धाधुन्ध आक्रमण नगर्न सिरियाली सरकारका साथै उसका सहयोगी रुस र इरानलाई चेतावनी दिएका छन् ।

ट्वीटरमा चेतावनी दिँदै उनले आक्रमणबाट हजारौं सर्वसाधारण मारिने भन्दै त्यो मानवीयताका हिसाबले गम्भीर भूल हुने उल्लेख गरेका छन् । सिरियामा विद्रोहीको नियन्त्रणमा बाँकी रहेको एउटामात्र प्रान्त इद्लिवमा सेनाले बृहत् आक्रमणको तयारी गरिरहेको छ । अमेरिकी विदेश मन्त्रालयले सिरियाली सेना र उसको गठबन्धनले रासायनिक आक्रमण गरे त्यसको जवाफ दिने चेतावनी दिइसकेको छ ।

संयुक्त राष्ट्रसंघले यस्तो कारवाहीबाट हजारौं सर्वसाधारण विरुद्ध विनाशकारी परिणाम निम्त्याउने जनाएको छ । इद्लिवमा करिब १० हजार नुसरा र अल कायदाका जिहादी लडाकु रहेको राष्ट्रसंघको अनुमान छ । सिरियामा सन् २०११ यता राष्ट्रपति बसर अल असदको शासनविरुद्ध सुरु भएको संघर्षका कारण ४ लाखभन्दा बढी मानिस मारिएका छन् भने मुलुकको आधाभन्दा बढी जनसंख्या पलायन भएका छन् । (एजेन्सी)