देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समाज डरलाग्दोसँग पतनको दिशामा गइरहेको छः प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज डरलाग्दोसँग पतनको दिशामा गएको भन्दै चिन्ता व्यक्त गरेका छन्  । बालिका बलात्कार जस्ता अपराधिक घटना दिन प्रतिदिन भईरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक विकृति विसंगतिविरुद्ध आवाज उठाउन र संस्कारयुक्त जागरण अभियान चलाउन सबैसँग आग्रह गरे ।

संविधान दिवस मूल समारोह समितिको बैठकलाई गृह मन्त्रालयमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान दिवसलाई पनि विकृति र विसंगतिविरुद्धको अभियानसँगै जोडेर जनस्तरमा लैजान निर्देशन दिए । प्रधानमन्त्री ओलीले समाजिक न्याय, सुशासन र राष्ट्रिय एकताका लागि संविधान महत्वपूर्ण दस्तावेज भएको भन्दै सबै नागरिकले संविधानमा अपनत्व महशूस गर्नुपर्ने बताए ।

ओलीले जनताले लडेर ल्याएको संविधान जनस्तरमा मान्ने वातावरण बनाउन निर्देशन दिंदै कर्मकाण्डी दिवस मनाउनुको अर्थ नरहने तर्क गरे । सरकारले असोज २ देखि ४ दिनसम्म देशभर संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

संविधानसभाले २०७२ असोज ३ गते संघीय गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । यो संविधानसँगै नेपाल संघीय प्रणालीमा गएको छ भने संघीयताको अभ्यास पनि सोही अनुरुप भइरहेको छ ।

तीन तहका सरकारका लागि स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन भई केन्द्रमा संघीय, प्रदेशमा सात वटा प्रदेशस्तरीय र स्थानीय तहमा ७५३ स्थानीय सरकारहरुनिर्माण भई काम भइरहेका छन् ।