काठमाडौं । ‘द कपिल शर्मा शो’बाट निकै लोकप्रिय भएका कपिल शर्मा बीचमा केही समय हराएका थिए अब फेरि टेलिभिजन दुनियाँमा फर्कनेभएका छन । छोटो समयमै ठूलो स्टारडम कमाए थिए तर त्यसलाई टिकाइराख्न भने सकेनन् ।
अस्ट्रेलिया टुरबाट फर्किरहेका बेला जहाजमै उनले आफ्नै सहकर्मी र निकै चर्चित कमेडियन सुनिल ग्रोवरमाथि हातपात र गालीगलौज गरेपछि सुनिलले शो छाडेका थिए । त्यसपछि कपिलले आफू डिप्रेसनको शिकार भएको र त्यसको असर आफ्नो व्यावसायिक जीवनमा परिरहेको बताएका थिए ।
साथै उनको दोश्रो फिल्म ‘फिरंगी’ समेत फ्लप भएको थियो । दोश्रो पटक समेत आफ्नो व्यवहार नसुधारेका कारण उनको शो चल्न सकेन । आफ्नो जीवनशैलीमा सुधार ल्याई कपिल यही दिपावलीको अवसरमा टिभीमार्फत दर्शकहरु माझ फर्कने तयारी गर्दैछन् ।
कपिलले आफनो यसअघिको शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजनका साथ छिट्टैनै दर्शक माझ आउने र यसका लागि तयारी सुरु गरिसकेको कुरा एक मिडियासँगको कुराकानीमा जानकारी गराएका हुन ।
प्रतिक्रिया