देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा

देशान्तर

काठमाडौँ । भारतीय प्रधानमन्त्री बिहिवार बिहान काठमाडौँ आइपुगेका छन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलनमा गाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका हुन ।

भारतीय राष्ट्रिय ध्वजाबाहक जहाजको विशेष उडान मार्फत मोदी काठमाडौं आएका हुन् । उनी बिहीबार बिहान करिव ९ बजे आइपुगेका हुन् । उनको अवतरण तालिका भने सवा ८ बजे तय गरिएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीलाई विमानस्थलको विशिष्ट कक्षमा नेपालका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए ।

मोदी विमानस्थलबाट सोझै सम्मेलनस्थल सोल्टी होटल पगेका छन् । उनले केही समय सोल्टीको स्विट रुममा आराम गरेपछि सम्मेलनमा भाग लिनेछन् ।