काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौथो शिखर सम्मेलनमा भाग लिन श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार दिउँसो राजधानी काठमाडौं आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । अति विशिष्ट पाहुना सिरिसेनालाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।
मैत्रीपाला सिरिसेना सन् २०१५ मा श्रीलंकाको राष्ट्रपति बनेका हुन् । त्यसभन्दा अघि उनी श्रीलंकाली सरकारमा रक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायतका मन्त्रालयहरुको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया