काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र सन नेपाल लाईफ ईन्स्योरेन्स बीच बैंकएस्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे भाद्र ३ गतेका दिन सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललले संयुक्त रुपमा हस्ताक्षर गरे ।
प्रतिक्रिया