देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा १४ र १५ गते शिक्षण संस्था बन्द

देशान्तर

काठमाडौं । बिमस्टेक सम्मेलनको समयमा उपत्यकामा अत्यावश्यक सेवा र सञ्चार गृहको सवारीसाधनमा जोरविजोर लागु नहुने भएको छ । गृह मन्त्रालयमा बसेको सुरक्षा महाशाखाको बैठकले यस्तो निर्णय गरेको हो । अत्यावश्यक सवारीसाधनमा एम्बुलेन्स, दमकल, अस्पताल, सञ्चार, पर्यटक बोकेका सवारीसाधन राखिएको छ ।

अत्यावश्यक सेवा, प्रेस र विमस्टेक सम्मेलनको पास नभएका सवारी साधनको हकमा भने भदौ १३, १४ र १५ गते जोरविजोर प्रणाली लागु हुनेछ । पत्रकारलाई सूचना विभागको कार्ड भने अनिवार्य गरिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म भने जोरविजोर सबै सवारी साधन सञ्चालन हुन पाउनेछन् । सुरक्षा महाशाखाको बैठकले उपत्यकाका सबै शैक्षिक संस्थाहरुमा भदौ १४ र १५ गते बिदा दिने निर्णय समेत गरेको छ ।