देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं किङ्सले भित्र्यायो जिम्बावेका सिकन्दर राजालाई

देशान्तर

काठमाडौँ । आसन्न एभरेष्ट प्रिमियर लिगका लागि काठमाडौं किङ्सले तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेको छ । जसमा जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई काठमाडौंले टिममा भित्र्याएको छ ।

ईपीएलमा ३ विदेशी खेलाडी राख्न पाउने नियम अनुसार काठमाडौंले आफ्नो टिममा तीन जनालाई अनुबन्ध गरेको हो । जिम्बावे टिमका सफल र चर्चित खेलाडी सिकन्दरले राष्ट्रिय टिमबाट ८५ एकदिवसीय १० टेष्ट र २० टी–२० खेल खेलिसकेका छन् । यो वर्षको विश्वकप छनोटमा म्यान अफ द सिरीज बनेका सिकन्दरले ३ सय १९ रन बनाउनुका साथै १५ विकेट पनि लिएका थिए ।

यसअघि आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्तफालाई अनुबन्ध गरिसकेको काठमाडौं किङ्सले सिकन्दरलाई पनि टिममा समावेश गरेको छ ।

३२ वर्षीय सिकन्दरले टेष्टमा ७६२ र एकदिवसीयमा दुई हजार ३८१ रन बनाएका छन् । जसमा उनले ३ सतक र १३ अर्धसतक प्रहार गरेका छन । यस्तै टेष्टमा पनि उनले १ सतक र ३ अर्धसतक हिर्काएका छन् ।