देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस विधान संशोधन मस्यौदा निर्माणको काम सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेस विधान संशोधन मस्यौदा समितिले आजबाट विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।

समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रिय कार्यालय सचिव केशव रिजाललाई दिएको छ । भदौ अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी काँग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।

कांग्रेस केन्द्रिय कार्य समितिको शुुक्रबार बस्ने बैठकले महासमिति बैठकको मिति तय गर्ने बताइएको छ । केन्द्रीय समितिको बैठक अहिले जारी छ ।