काठमाडौँ । इन्डोनेसियामा भैरहेको १८ औं एसियाली खेलकुद एसियाडमा आर्चरीको रिकर्भ मिक्स खेलमा नेपाल १ अंकले पराजित भएको छ ।
जाकर्तामा भर्खरै सकिएको खेलमा नेपाल किर्गिस्थानसँग १ अंकले पराजित भएको हो । खेलमा नेपालको तर्फबाट तिलक पुन मगर र ज्ञानु अवाले सहभागी थिए । पहिलो र दोस्रो सेट १-१ को बराबरीमा सकिएको खेलको तेस्रो सेटमा नेपाल विजयी भयो भने चोथौ खेल आफ्नो पक्षमा पार्दै किर्गिस्थानले खेल बराबरीमा लग्यो ।
त्यसपछि विश्व आर्चरीको नियम अनुसार १/१ एरो सुट गर्नुपर्ने अवस्थामा नेपाल १ अंकको झिनो अन्तरले पराजित भयो । किर्गिस्थानका दुवै जनाले एक-एक तिर प्रहार गरी १६ अंक पाउँदा नेपालका तिलक र ज्ञानुले १५ अंकमात्र जोड्न सफल भए । नेपाली टोलीले राम्रो प्रदर्शन गरे पनि विजयी भने हुन सकेनन् । भोलि पुरुष टिमको खेल हुनेछ ।
प्रतिक्रिया