काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।
पार्टीलाई संघीय संरचनामा लैजान र संगठनात्मक पुनर्संरचना गर्नका लागि पार्टीको विधानमा संशोधन र परिमार्जन गर्नुपर्ने भनी केन्द्रीय समितिले निर्णय गरे अनुसार सभापति शेरबहादुर देउवाले मस्यौदा समिति गठन गरेका छन ।
समितिको सदस्यहरुमा केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना रहेका छन् । त्यस्तै नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक पनि समिति सदस्य रहेका छन् ।
समितिले पार्टी सभापतिसंग परामर्श गरी आफ्नो कार्यविधि आफै तयार गरी लागू गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिका संयोजकलाई आवश्यकतानुसार विभिन्न व्यक्ति तथा संस्थाहरुलाई आफ्नो समितिमा आमन्त्रण गर्न सक्ने अधिकार पनि दिइएको छ ।
प्रतिक्रिया