देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियन गेम्समा नेपाल तेक्वान्दोमा पदक बिहीन

देशान्तर

काठमाडौं । इन्डोनेसियामा जारी १८औं एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दोमा नेपाल पदक बिहीन भएको छ । नेपालबाट अन्तिम प्रतिस्पर्धीको रुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहिबार पराजय ब्यहारेपछि १८औं एशियाडबाट नेपाल तेक्वान्दोमा पदक बिहीन भएको हो ।

बिहिबार पुरुषको ६८ केजीमूनि प्रतिसप्रर्धामा नेपालका ज्ञानेन्द्र हमाल प्रि–क्वार्टरफाइनलमा मलेसियाली खेलाडी रोजाइमी रोजालीसँग ३०–२ अंकले पराजित भए । यसअघि बिहिबार नै भएको पहिलो चरणको खेलमा उनले भुटानका वाङचुक जिग्मेलाई ३९–१७ अंकका आधारमा पराजित गर्दै दोस्रो चरणमा पुगेका थिए ।

यता महिलाको ४९ केजीमूनि तौलसमूहमा नेपाली खेलाडी अस्मिता खड्का पनि प्रि–क्वार्टरफाइनलमै पराजित भइन् । इण्डोनेसियामा जारी १८औं एशियाली खेलकुदमा तेक्वान्दोबाट चार खेलाडी सहभागी थिए ।