काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो हाम प्रेडेक्सन फिल्मबाट ज्वाई आयूष शर्मालाई लञ्च गर्न लागेको समयमा आफ्नी गर्लफ्रेन्डलाई पनि हिरोइन बनाउने भएका छन ।
सलमानकी रोमानियाली गर्लफ्रेन्ड यूलिया वन्तुरले नाम जुर्न बाँकी रहेको एउटा फिल्मबाट डेब्यू गर्ने लगभग तय भइसकेको भारतीय मिडियाहरुले जनाएका छन् ।
यो फिल्मको निर्देशन ‘मैं और मिसेज खन्ना’ का निर्देशक प्रेम सोनीले गर्दैछन् । सलमानकै सोर्सफोर्समा उनले लुलियालाई फिल्ममा लिन लागेको बुझिएको छ ।यूलियाले यसअघि तीन वटा बलिउड फिल्ममा गीत गाएकी छन् । उनले पछिल्लोपटक सलमानकै ‘रेस ३’ मा एउटा गीत गाएकी थिइन् ।
रोमानियामा हुँदा उनी मोडलिङमा सक्रिय थिइन् ।सलमानकी गर्लफ्रेन्ड भएकैले मिडियाले उनलाई पछ्याउने गरेका छन् । यद्यपि, सलमान र यूलिया दुवैले सार्वजनिकरुपमा आफूहरुबीचको सम्वन्ध स्वीकार गरेका छैनन् ।
प्रतिक्रिया