काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगालको खाडी प्रयास बिमस्टेकको चौथो सम्मेलनको तयारी पुरा भएको छ । परराष्ट्रमन्त्रालयका अनुसार सम्मेलनमा सबै सदस्य मुलुकका कार्यकारी प्रमुख आउने निश्चित भएको छ ।
सम्मेलन १४ र १५ भदौमा हुँदैछ भने १२ र १३ भदौमा परराष्ट्रमन्त्रीहरुको वैठक बस्ने तय भएको छ । सम्मेलनमा सहभागी सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ १४ गते दिवाभोज दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले पनि भदौ १४ गते रात्रीभोज दिनेछन् । १५ भदौमा काठमाडौं घोषणापत्रमा हस्ताक्षर हुनेछ भने केही कानूनी प्राबधानका बिषयमा बेग्लै हस्ताक्षर हुनेछ । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भूटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारका राष्ट्रपति विन मिन्त, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा आउने तय भएको छ ।
प्रतिक्रिया