काठमाडौं । पोखरा महानगरपालिका वडाध्यक्षहरुले कर घटाउने अभियान सुरु गरेका छन ।
स्थानीय सरकारले कर बढाएको विरोध भइरहेको बेलामा पोखरा महानगरपालिका वडा नम्बर २, ७, ९, १५ वडा कार्यालयले कर छुट गरिएको सूचना निकालेको छ ।
वडाध्यक्षहरुले लेटरप्याडमै सूचना छापेर घर घटाएका हुन ।महानगरले निर्धारण गरेको कर वडाध्यक्षले फेरबदल गर्न नमिल्ने भए पनि वडाध्यक्षहरुले आफूखुशी कर घटाएका छन।
पोखरा महानगर एकीकृत सम्पत्ति कर भने बढेको छ ।कर पुनरावलोकन गर्न उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन भएको छ ।
प्रतिक्रिया