काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी्भित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन ।
नेपाल प्रेस युनियन बाँकेले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुने भन्दै नेता कार्यकर्ताले कुरा बुझ्नु पर्नेमा उनले जोड दिए ।
आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताउनुभएको छ ।
यसैगरि काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया