काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको औपचारिक रूपमा तयारी सुरु गरेको छ । सभापति शेरबहादुर देउवाले भदौ मसान्त वा असोजको दोस्रो सातासम्ममा महासमिति बैठक गर्नेबारे छलफल सुरु गरेका छन ।
कांग्रेसले महासमिति बैठकका लागि भदौ ८ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भदौ ८ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले धेरै विषय टुंग्याएर महासमिति बैठक गर्ने बाटो खोल्ने जानकारी दिएका छन ।
खड्काले भदौ ८ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक, आर्थिक प्रस्ताव समिति, मूल तयारी समिति, अनुशासन समिति, विधान मस्यौदा समिति एकैपटक टुंगो लगाउने बताए ।
उनले नेताहरूबीच सहमति जारी रहेकाले भदौ दोस्रो साता सम्ममा मस्यौदा समिति टुंगिन सक्ने देशान्तरलाई जानकारी दिए ।
प्रतिक्रिया