काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सरकारले जे गर्दा पनि विरोध भइरहेको बताएका छन । उनले सरकार बाहिर चलेको हल्लाको आधारमा नचल्ने बताए । विराटनगर विमानस्थलमा मंङगलबार संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जे गर्दा पनि आलोचना र होहल्ला भइरहेको बताए ।
ओलीले बाटोमा खाल्डो पर्दा पनि सरकारलाई आलोचना गर्ने र खाल्टो पुर्दा पनि टालटुले सरकार भन्ने गरेको बताए । प्रधानमन्त्री ओलीले सरकारले के के काम गर्ने भन्ने विषय संविधानमा प्रष्ट रहेको र स्थानीय तहलाई पनि कर उठाउने अधिकार भएको बताएका छन ।
यद्यपि करको विषयमा अनावश्यक भ्रम पार्न खोजिएको उनको भनाई छ । सबैको सहमतिमा संघीय प्रणाली लागू गरेको बताउँदै उनले सानातिना कमी कमजोरीलाई लिएर विरोध गर्नु उचित नभएको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रतिक्रिया