देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठकका महत्वपूर्ण विद्येयक

देशान्तर

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा महत्वपूर्ण दुई विद्येयक प्रस्तुत हुँदैछन् । संघीय संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा जनस्वास्थ्य विद्येयक र आवास अधिकार सम्बन्धि विद्येयक प्रस्तुत हुने कार्यसूची रहेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जनस्वास्थ्य विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जानकारी दिएको छ । प्रस्तुत विद्येयक माथि सांसदहरुले धारणा राख्ने र समितिमा सिफारिस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यता, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले आवासको अधिकार सम्बन्धी विधेयक माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । सो विद्येयक पनि छलफल पछि समितिमा पठाइने छ । संसदले असोज पहिलो हप्ताभित्र एक दर्जन विद्येयक पारित गरिसक्ने पर्ने बाध्यता रहेको छ ।
राष्ट्रियसभाको बैठकपनि आज ११ बजेका लागि बोलाईएको छ ।