काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो नवगठित मन्त्रिमण्डलमा शाह महमूद कुरैशीलाई विदेशमन्त्रीको जिम्मेवारी दिएका छन् ।
विदेशमन्त्री नियुक्त भएपछिको पहिलो सम्बोधनमा कुरैशीले कश्मीरको मुद्धा अत्यन्त गम्भीर भएका कारण दुई देशको बीचमा कुराकानी हुनुपर्ने बताएका छन् ।
उनले दुई देशले फेरि खुल्ला हृदय बनाएर वार्तामा बसेर समस्या हल गर्नुपर्ने बताए । विदेशमन्त्री कुरैशीले वार्ताको सुरुवात गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इमरान खानलाई पत्र लेखेको पनि दावी गरेका छन ।
यसैबीच भारतीय प्रधानमन्त्री कार्यालय स्रोतले पनि प्रधानमन्त्री नरेन्द्र मोदीले इमरान खानलाई बधाई दिँदै पत्र लेखेको पुष्टि गरेको छ । तर पत्रमा उल्लेख गरिएको वार्ताको पहलका बारेमा भने केही जानकारी दिइएको छैन ।
प्रतिक्रिया