देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसियाड फुटबल : नेपाल पाकिस्तानसँग २-१ ले पराजित

देशान्तर

काठमाडौं ।१८ औं एसियाली खेलकुद-एसियाडअन्तर्गत पुरुष फुटबलमा नेपाल तीनवटै खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिरिएको छ। समूहगत चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल आइतबार पाकिस्तानसँग २-१ गोलले पराजित भयो।

नेपाल सुरुका दुई खेलमा पराजित भएपछि दोस्रो चरण नपुग्ने निश्चित भएको थियो। आफु समानको प्रतिद्धन्द्धी भएका कारण नेपालले पाकिस्तानलाई हराउँदै एसियाड फुटबलमा एेतिहासिक सफलता प्राप्त गर्ने अपेक्षा गरिएको थियो। पहिलो हाफमा १-० गोलले अगाडि रहेको नेपालले मध्यान्तरपछि दुई गोल ब्यहोर्‍यो।

१२ औं मिनेटमा पाकिस्तानका खेलाडीबाट आत्मघाती गोल भएको थियो।  नेपालले एसियाड फुटबलमा ३६ वर्षपछि गोल गरेको हो। यसअघि सन् १९८२ को एसियाडमा नेपालका वाईबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए। तर दोस्रो हाफमा पाकिस्तान खेलमा फर्कियो। पाकिस्तानले ५४ र ७२ औं मिनेटमा गोल गरेको थियो।

नेपालले एसियाड फुटबलमाम हालसम्म खेलेका सबै १८ खेलमा नै पराजय भोगेको छ। ती खेलमा ७० गोल खाएको छ भने दुई गोल गरेको छ। नेपालले अघिल्ला दुई खेलमा जापानसँग १-० र भियतनामसँग २-० गोलले पराजित भएपछि एक खेल खेल्नुअगावै बाहिरिने निश्चित भएको थियो।पहिलो खेलमा भियतनामसँग ३-०गोलले पराजित भएको पाकिस्तान दोस्रो खेलमा जापानसँग ४-० ले निराश भएको थियो।