देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान पालना गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जाने बताएका छन ।

आइतबार राजधानीमा सूचना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रलाइ आवश्यक कुराहरु संशोधन हुने बताए ।

उनले संविधान पालना गराउन सरकार प्रतिबद्ध रहेको पनि बताए । स्थानीय तहहरु प्रदेशसँगको संघर्षका लागि लडिरहेका भन्दै सबैलाई समान हक अधिकार प्रदान गर्न सरकार तत्पर रहेको बताए । प्रधानमन्त्री ओलीले देश गरिब भए पनि सरकार गरिब नभएको भन्दै समीक्षा गर्दै आफूहरु अगाडि बढ्ने बताए ।

उनले सरकारको सूचना आफूले पाउनुभन्दा पहिले नै चुहावट हुने गरेको भन्दै गोपनियता राख्न सबैलाई आग्रह गरे ।