देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीमा अनाथ बालबालिकालाई भत्ता दिने

देशान्तर

काठमाडौं । बैतडीको दोगडा केदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका अनाथ बालबालिकालाई मासिक दुई हजार भत्ता दिने भएको छ ।

अनाथ बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन ।

अनाथ बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताइन ।