काठमाडौं । नेपाल विद्यार्थी संघको दुई वर्षे कार्यकाल शनिबार सकिएको छ । दुई वर्ष्भित्रै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा नेविसंघभित्र संस्थापन र समानान्तर गतिविधि गर्दै आएका कुन्दन काफ्ले समूहबीच आगामी तीन महिनाभित्र महाधिवेशन गर्ने समझदारी भएको छ ।
यो समझदारीसँगै सहमहामन्त्री डा प्रकाश शरण महत संयोजक रहेको निर्देशक समितिले तीन महिना नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्न सहमति दिएको छ ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले महाधिवेशन सम्पन्न गर्न वर्तमान कार्यसमितिको म्याद ३ महिना थप गरेको जानकारी दिए ।
प्रतिक्रिया