काठमाडौँ । घुँडाको चोटका कारण म्यानचेस्टर सिटीका मिडफिल्डर केविन डी ब्रुइन ३ महिनाका लागि मैदान बाहिर भएका छन् ।
बुधबार क्लवको प्रशिक्षणका क्रममा घुँडामा चोट बोकेका ब्रुइन ३ महिना टिमबाट बाहिर हुने भएपछि सिटीलाई केही दबाब बढेको छ । आइतबार भएको आर्सनल विरुद्धको खेलमा दुई शून्यको जित निकाल्दा दोस्रो हाफमा परिवर्तन भएका ब्रुइनलाई कोल्याट्रल लिगामेन्ट लिजन भएको बताइएको छ । तर उनको शल्यक्रिया नै गर्नु नपर्ने पनि क्लवले जनाएको छ ।
सन् २०१६ मा पनि यस्तो चोटका कारण उनले सिजनमा १२ खेल गुमाएका थिए । गएको वर्ष सिटीले प्रिमियर लिगको उपाधि जित्दा १२ गोल गर्नुका साथै २१ एसिस्ट गरेका थिए । तर यो सिजनको सुरुवातमा नै चोट बोकेका ब्रुइन आफैंमाथि पनि फेरि लयमा फर्कन दबाव बढेको छ ।
प्रतिक्रिया