देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने लक्ष्य : अर्थमन्त्री

देशान्तर

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने लक्ष्य लिएको बताएका छन् ।

सिंहदरबारमा आज बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री खतिवडाले ठुला विकास आयोजनाको कार्यान्वयन, लगानी बृद्धि र पूर्वाधारको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

उनले दिगो विकासको लक्ष्य पूरा गर्न धेरै रकम विनियोजन गर्न आवश्यक रहेको भन्दै पूर्वाधार विकासमा मात्रै ६० प्रतिशत बजेट छुट्याउनुपर्ने बाध्यता रहेको बताए । सरकारले दिगो विकासको लक्ष्य पूरा गर्न रणनीतिक रुपले काम अघि बढाउने तयारी गरेको भन्दै अर्थमन्त्री खतिवडाले १० वर्षमा १० लाख व्यक्तिलाई रोजगार प्रदान गरिने बताए ।

शतप्रतिशत विद्यार्थी भर्ना र अनिवार्य शिक्षाका लागि नीति तयार भइसकेको उनको भनाइ थियो । समितिका सदस्यहरुले वैदेशिक लगानी भित्र्याउन सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाए । उनीहरुले मुलुकका ठूला आयोजनाहरुका काम जतिसक्दो छिटो पूरा गर्न सरकारलाई सुझाव दिएका थिए ।