काठमाडौं । नेविसंघका अध्यक्ष नैनसिंह महरले महाधिवेशनबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने दावी गरेका छन् । पार्टीले तोकेको समयभित्र महाधिवेशनको कार्ययोजना नबुझाए केन्द्रीय कार्यसमिति विगठन हुने चर्चा चल्न थालेका बेला अध्यक्ष महरले आफूले महाधिवेशनबाटै नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्ने दावी गरेका हुन् ।
नेविसंघको अधिवेशन नहोस भन्ने चाहनेहरु केही रहेपनि त्यसलाई पूरा हुन नदिने उनले बताए। आफू असन्तुष्ट पक्षसँग पनि छलफलमा रहेको र सबैलाई समेटेर महाधिवेशन गर्ने र विधिपूर्वक नयाँ नेतृत्व चयन गर्ने उनले बताए।
वर्षौँ महाधिवेशन नभएको अवस्थाबाट आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन भएर आएकाले आफूले पनि चुनावबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया