देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोरम्बाको वलिदानलाई कसैले बिर्सन सक्दैन:नेकपा अध्यक्ष दाहाल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार रामेछापको नेपालको राजनीतिमा दोरम्बाले दिएको वलिदानलाई कसैले बिर्सन नसक्ने बताएका छन् ।

रामेछानको दोरम्बामा गुदोरम्बा स्मृति दिवसको अवसर दाहालले नेपालमा राजसंस्थाको अन्त गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न दोरम्बामा वीर शहीदहरुले गरेको वलिदान बिर्सन नसकिने बताए ।

दोरम्बालाई युद्ध पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भन्दै उनले शहीदहरुले देखाएको बाटोमा नेपाल कम्युनिस्ट पार्टी सधैं लागि रहने बताए । उनले दोरम्बा हत्या काण्ड तत्कालीन दरबारको ठाडो इशारामा भएको समेत आरोप लगाए ।

२०६० साल साउन ३२ गते युद्धविराम भएको बेला तत्कालीन राज्य पक्षले माओवादी पार्टीको बैठक भइरहेको स्थानमा घेरा हाली २ जनाको घटनास्थलमा नै र १९ जनालाई घटनास्थलबाट १ घण्टा टाढा लगि गोली हानी हत्या गरेको थियो । सो घटनामा माओवादीका जिल्ला जनसरकार प्रमुख सहित जिल्लाका उच्च नेताहरुसमेत मारिएका थिए ।