काठमाडौं । नापी कार्यालय गौरका अधिकृत धिरेन्द्रलाल १४ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
धिरेन्द्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस वापतको रकम लिँदालिँदै नियन्त्रणमा लिएको हो ।
अधिकृत लालले बिहिबार गौर नगरपालिका वडा नम्बर ५ का वडासदस्य विश्वनाथ महतोबाट जग्गाको कित्ताकाट गरेवापत उक्त घुस रकम लिएका थिए ।
अधिकृत लाललाई आवाश्यक कारवाहीका लागि हेटौंडास्थित अख्तियारको क्षेत्रीय कार्यालय पठाइएको अख्तियारका बेनीमाधव पौडेलले जानकारी दिए ।
प्रतिक्रिया