काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन ।
पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले झुटको खेती गरेर जनतालाई अन्योलमा राख्ने काम तत्काल बन्द गर्न कांग्रेसलाई आग्रह गरेका छन ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाभिमान, अखण्डता र शान्तिलाई खल्बलाउन खोज्ने जो कोहीलाई पनि सरकारले नियन्त्रण लिने चेतावनी दिए । ओलीले सरकार आफ्नो काममा स्पष्ट रहेको भन्दै आफ्नो जिम्मेवारीमा सरकार अडिग रहेको स्पष्ट पारेका छन ।
नेकपाका अध्यक्ष कार्यक्रममा अध्यक्षद्वय ओली र पुष्प कमल दाहालले २ सय ५० जनालाई टीका लगाएर र खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।
प्रतिक्रिया