देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभा संसदीय समिति सभापतिहरूको निर्वाचन भदौ १३ गते

देशान्तर

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका संसदीय समिति सभापतिहरूको निर्वाचन मितिमा हेरफेर गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भदौ ३ गतेका लागि तय गरिएको निर्वाचन मितिमा हेरफेर गरिएको हो ।

अब भदौ १३ गते राष्ट्रियसभा अन्तर्गतका संसदीय समिति सभापतिहरूको निर्वाचन हुने छ । उक्त निर्वाचन ११ बजेका लागि तय गरिएको छ ।

विशेष कारणवश निर्वाचन मिति सार्नुपरेको अध्यक्ष तिमिल्सिनाले बताए । राष्ट्रियसभा अन्तर्गत चारवटा संसदीय समिति रहेका छन् ।

जसमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।