काठमाडौं । रौटहतमा गौरस्थित जुद्ध उच्च माध्यामिक विद्यालयका लेखा सहायक प्रमोद ठाकुर ४५ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले ठाकुरलाई बुधबार पक्राउ गरेको हो ।
विद्यालयको भवन निर्माण गरिरहेको निर्माण कम्पनीबाट ठाकुरले घुस लिएको बुझिएको छ ।
उनले निर्माण कम्पनीसँग पटकपटक घुस मागेको सूचनाका पाएपछि अख्तियारले निगरानी गरेको थियो ।
पक्राउ परेका ठाकुर प्राविका तहका शिक्षक हुन् ।
प्रतिक्रिया