काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संघीयतालाई बलियो बनाएर लैजानुको विकल्प नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो चेतावनी दिएका हुन् ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका उनले संघीयता कम्जोर भए मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी पनि दिए । उपप्रधानमन्त्री यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भईरहेको दावी गर्दै सचेत रहन पनि आग्रह गरे ।
संघीयताले मात्रै मुलुकका सबै समूदायलाई अधिकारलाई सुनिश्चि गर्ने पनि स्मरण गराए । उपप्रधानमन्त्री यादवले सबै समूदायको पहिचानलाई स्थापित हुनेगरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया