काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न विमस्टेक सम्मेलनमा आउने पाहुनाहरुलाई राजधानीको होटलमा नराखी बाहिरका होटलमा राखेर देशको इज्जत जोगाउन सुझाव दिएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सून्य समय लिएर बोल्दै उनले भने, भाद्र १४ र १५ गते हुन लागेको विमस्टेक शिखर सम्मलेन हुँदैछ। त्यसको सफलताको कामना गर्दछु।’
राजधानीको सडकमा देखिएको खाल्डा खुल्डी तथा हिलो र धुलोको स्थितिप्रति व्यंग्य गर्दै थापाले भने, ‘उक्त सम्मेलनमा सहभागी हुन आउने ६ राष्ट्रका सरकार प्रमुख र पाहुनाहरुलाई काठमाडौँका होटलनमा नराखीका विभिन्न स्थानका होटलमा राख्न जोडदार माग गर्दछु। किन कि पाहुनाहरुले राजधानीका सडकमा भएको खाल्डा, हिलो मैलो देखेभने हाम्रो इज्जत जाने मान्यतालाई आत्मसाथ गर्दै हाम्रो सरकारले रातारात खाल्डाहरु पुर्नेछ र हिलो मैलो हटाउने छ।’
उनले पाहुनाहरुको बसाइ सुखद रहोस सरकारको जय होस् भन्दै आफ्नो मन्तव्य अन्त्य गरे।
प्रतिक्रिया