काठमाडौं ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।
राजपा अध्यक्ष मण्डलका सदस्यहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
राजपा नेपालले साउन ३ गते प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझेपनि प्रधानमन्त्री ओलीले संविधान संशोधन र मुद्दा फिर्ता लगायतका विषयमा कुनै चासो नदिएको भन्दै असन्तुष्ट रहँदै आएको छ ।
प्रतिक्रिया