काठमाडौं । संघीय संसद अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । हिजो शोक प्रस्ताव पारित भएर सकिएको बैठक आज बोलाइएको छ । आजको संसद बैठकमा दुईवटा विधेयक पेश गर्ने तयारी छ । दिउसो १ बजे बस्ने बैठकमा नागरिकता संसोधन गर्न बनेको बिधेययक पेश गर्ने कार्यतालिका रहेको छ ।
विधेययक संसदिय प्रक्रियामा जान लाग्दा अङ्गिकृत नागरिकताको विषय फेरि बहसमा आएको छ । महिला अधिकारकर्मिहरुले संविधानले नै अगिंकृत नागरिकता वितरणमा विभेदकारी निति लिएको भन्दै बिरोध गरेका छन् । संविधानविदहरुले भने संविधानमा महिलाहरुलाई कुनै पनि किसिमको विभेद नभएको दाबी गरेका छन् ।
संविधानको भाग–२ को धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख भएअनुसार आमाको वा बुवाको नामबाट नागरिकता लिन सकिन्छ । तर संविधानको धारा ११ को दफा ५ ले नेपालमा नै बसोबास गरेको महिलाले विदेशीसँग विवाह गरेको ठहर भए उनीहरुका सन्तानलाई अंगीकृत नागरिकता दिईने व्यवस्था छ ।
प्रतिक्रिया