काठमाडौं । नेपाल विधार्थी संघ (नेविसंघ) पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले हरेक शनिबार एकजना लोकतान्त्रिक योद्धालाई सम्मान गर्ने अभियान सुरु गरेको छ । उक्त अभियान अन्तर्गत नेविसंघले शनिबार (आज) लोकतान्त्रिक योद्धा एवं नेपाली कांग्रेसका नेता चक्र बास्तोलाई सम्मान गर्यो ।
नेता बास्तोला केही वर्षदेखि अचेत अवस्थामा छन् । शनिबार नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा गएको नेविसंघको टोली बास्तोलाको ललितपुर खुमलटार स्थित निजी निवास पुगी उनलाई सम्मान गरेको हो ।
‘शाक्ति र पदमा पुगेका नेताहरुकोमा कार्यकर्ताको भीड लाग्ने तर लोकतान्त्रिक आन्दोलनका लागि जीवन समर्पित गरेर हाल कुनै पद र शक्तिमा नरहेका नेताहरुलाई वास्ता नगर्ने प्रवृत्ति बढेकाले त्यस्तो प्रवृत्ति निरुत्साहित गर्न हामीले यो अभियान सुरु गरेका हौं’ अभियानका संयोजक एवं नेविसंघ केन्द्रीय सदस्य नवराज त्रिपाठीले भने । नेता वास्तोलालाई सम्मान गर्न नेविसंघ नेताहरु गोपि शिवाकोटी, सुमधुर बराल, रत्नहरी ढुंगेल लगायत उपस्थित भएका थिए ।
प्रतिक्रिया