काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर गोविन्द केसीसँग भएको सबै सहमति कार्यान्वयन गरिने बताएका छन् ।
शनिबार डाक्टर गोविन्द केसी र उनक प्रतिनिधिबीच वालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले डाक्टर केसीले उठाएका धेरैजसो माग नागरिककै लागि भएकाले फेरि अनसन बस्न नपर्ने गरी सरकारले काम गरिहेको बताएका छन ।
डाक्टर केसीका मागमा सरकार इमान्दार भएकोले बाहिरका कुरा नसुन्न प्रधानमन्त्री ओलीले डाक्टर केसीलाई सुझाव दिएका
छन् । भेटमा डाक्टर केसीले सहमति भएको १५ दिन बितिसक्दा पनि माग कार्यान्वयनको सुरुवात नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ औं पटक अनशनमा बसेको २७ औं दिनमा सरकारसँग सहमति भएपछि डाक्टर केसीले गएको १० गते अनशन तोड्नेका थिए ।
प्रधानमन्त्रीले बोलाएपछि बिहान डाक्टर केसीसहित अधिवक्ता सुरेन्द्र भण्डारी, ओम प्रकास अर्याल, अभिषेकराज सिंह लगायतको टोली वालुवाटार पुगेको थियो ।
प्रतिक्रिया