देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाउने सरकारको निर्णय

देशान्तर

काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय गरेको छ । सरकारले प्रदेशमा खटाइएका कर्मचारीलार्इ मुख्यमन्त्रीको कार्यालयमा पठाउने भएको छ । बाँकी खटनपटन प्रदेश सरकारले नै गर्नेछ । शुक्रबार राती बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु    

१. मौलिक हकसँग सम्बन्धित जनस्वास्थ्य सेवालाई ब्यवस्थापन गर्न बनेको बिधेयक २०७५ संसदमा दर्ता गराउने निर्णय गरिएको छ।

२. मकवानपुर र डोटीमा बाल सुधार गृह सञ्चालन गर्ने निर्णय गरिएको छ।

३. प्रदेश मन्त्रालय वा प्रदेश सरकार अन्तर्गतको स्वीकृत संगठन संरचना वा दरबन्दीमा सेवा समूह संचालन गर्ने मन्त्रालय वा केन्द्रिय निकायले कर्मचारीहरुलाई खटाउँदा राजपत्रांकित द्वितीय श्रेणी वा सो सरह वा सो भन्दा मुनिका कर्मचारीहरुलाई एकमुष्ट रुपमा प्रदेश मुख्य मन्त्री वा प्रदेश मन्त्रिपरिसदको कार्यालयमा खटाउने निर्णय गरिएको छ। यसरि खटिएका कर्मचारीलाई आफ्नो आवश्यकता अनुसार प्रदेश सरकारले कामकाजमा लगाउन सक्ने छ।

४. नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ्लाई मर्ज गरेर राष्ट्रिय आपूर्ति कम्पनि स्थापना गर्ने निर्णय भएको छ।

५. राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पिडितहरुलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरिएको छ।