देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आध्यात्मिक ज्ञानलाई राष्ट्र र जनताको सेवामा लगाउनुपर्छ: सभामुख महरा

देशान्तर

काठाण्डौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आध्यात्मिक ज्ञानलाई राष्ट्र र जनताको सेवामा लगाउनुपर्नेमा जोड दिएका छन्।

सभामुख महराले आध्यात्मिक ज्ञानलाई आफ्नो स्वार्थसिद्धीमा लगाउन नहुने पनि स्पष्ट पारे। उनले राजनीति गर्नेहरु देश र जनताको सेवामा समर्पित हुने पनि स्मरण गराए।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख महराले सकारात्मक चिन्तन नै राष्ट्रको उन्नति र प्रगतिको आधार भएको तर्क पनि गरे।