काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल भदौ तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।
उनी पाँच दिने भ्रमणका क्रममा भदौ २२ गते अर्थात सेप्टेम्बर ७ तारिखमा भारत जानेछन् । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले हालै मात्र भ्रमणको निम्तो दिएका छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यस्तै उनी सेप्टेम्बर अन्तिम साता चीन जाने तयारी छ । यद्यपि औपचारिक पत्र आउन बाँकी छ । चिनियाँ राष्ट्रपति सी जिनपिङङसँग भेटवार्ता गर्ने गरी उनी चीन जाने तयारीमा छन् ।
प्रतिक्रिया