काठमाडौं । २४ औँ विश्व आदिवासी दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ । हरेक वर्षको अगस्ट महिनाको ९ गते विश्व आदिवासी दिवस मनाइन्छ ।
१० बर्षअघि १० सेप्टेम्बर २००७ मा आदिवासीहरुको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयूक्त राष्ट्रसंघको घोषणा र त्यसको उपलब्धिहरूको सन्दर्भमा व्याख्या गरिएकोछ ।
२३ डिसेम्बर १९९४ को संयूक्त राष्ट्रसघंको साधारण सभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने अवधारणा अगाडी बढाएको हो ।
नेपाल आदिवासी जनजाति महासंघले यस बर्षको विश्व आदिवासी दिवस २०१८ आन्दोलनकै रुपमा मनाउँदै छ । नेपाल आदिवासी जनजाती महासंघले आज राजधानीमा बृहत ¥यालीको समेत आयोजना गरिएको छ ।
त्यसैगरी दिवसकै अवसरमा आज प्रदेश नम्बर १ को सरकारले सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो ।
प्रतिक्रिया