काठमाडौं । भूकम्पपछि जीर्ण बनेको सिंहदरबारको मुख्य भवनका ३ भागको रेट्रोफिटिङ सुरु भएको छ । प्राधिकरणले २२ करोड लागतमा रेट्रोफिटिङ थालेको हो । शर्मा न्यु टेक्नोलाजी जेभीलाई रेट्रोफिटिङको जिम्मेवारी दिएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिका प्रमुख वसन्तकुमार राईले जानकारी दिनुभयो ।
सिंहदरबारको मुख्य भवनको ३ भागको रेट्रोफिटिङको काम सुरु भए पनि पश्चिम मोहोडाको भाग भत्काउने वा रेट्रोफिटिङ गर्ने भन्नेमा प्राधिकरणले अझै टुङ्गो लगाएको छैन । सिंहदरबारको अघिल्लो भागसमेत रहेको पश्चिम मोहोडालाई के गर्ने भन्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।
अध्यनको जिम्मेवारी पाएको कम्पनीले भदौभित्र प्रतिवेदन बुझाउने छ । त्यसपछि मात्र भवन भत्काउने वा बनाउने भन्ने निश्चित हुने प्राधिकरणको भनाइ छ । सिंहदरबारको पुरानो खण्डमा टेको लगाउने कामका लागि मात्रै प्राधिकरणले १ करोड ४६ लाख रुपियाँ खर्च गरेको छ ।
प्रतिक्रिया