काठमाडौं । जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ ।
अब बाँकी खण्डमा पनि कम्पनीले थप परीक्षण गर्ने रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो । सरकारले करिब डेढ वर्षसम्म रेल भाडामा लिएर चलाउने मोडालिटी टुंग्याएको छ । आगामी डिसेम्बरदेखि जनकपुर–जयनगर रेल चनाउने तयारी भएको छ ।
ब्रोडगेज लिक बिछ्याउने काम लगभग सकिएपछि परीक्षण सुरु भएको हो । यो रेलमार्गमा भाडामा रेलगाडी ल्याएर कन्ट्रयाक्टमा चलाउन दिन तयारी अघि बढाइएको छ । यसका लागि भारतीय रेल्वेसँग सहयोग मागेको पनि उपाध्यायले जानकारी दिनुभयो ।
रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको गर्न लागेको हो ।
भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ । कुर्ताबाट महोत्तरीको विजलपुरा सम्म २ वर्षभित्र यो रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ ।
प्रतिक्रिया