देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विषयगत समितिमा विवाद सुरु

देशान्तर

काठमाडौं । संसदीय समितिमा क्षेत्राधिकारको विषयमा विवाद सुरु भएको छ । विगतमा पनि प्रतिनिधिसभा अन्तर्गतका समितिबीच आफ्नो क्षेत्राधिकारलाई लिएर यसअघि पनि पटकपटक विवाद देखिने गरेका थिए ।

अहिले पनि आफ्नो समितिमा हस्तक्षेप गरेको गुनासोसहित कतिपय समितिका सभापति सभामुखलाई गुहार्न थालेका छन् । सांसदबीचको स्वार्थका कारण क्षेत्राधिकार मिच्ने र विवाद निम्तने सम्भावना बढेको हो ।

अहिले आएर संघीय संसद्का संसदीय समितिले एकअर्काे समितिको क्षेत्राधिकारका विषयमा पहिलो बैठकमै चासो देखिन थालेको छ । अहिले प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गत १४ वटा समिति छन् ।

गठन भएको सबै समितिले तीनदिनदेखि धमाधम काम थालेका छन् । तर, सांसदहरूको चिन्ता भने पुरानै छ । समितिबीच कार्यक्षेत्रलाई लिएर विवाद सांसदहरुबीच महत्व कांक्ष बढेकाले भएको पूर्व सांसदहरु बताउँछन ।

समितिबीच क्षेत्राधिकारका विषयमा विवाद हुनुको कारण समितिको कार्यविधि र कार्यक्षेत्रमा टेकेर काम गर्नु नसक्नु हो । अर्काे कुरा कुनै विषयबारे अर्काे समितिमा छलफल दोहोरिए संयुक्त बैठक राखेर काम गर्न सकिन्छ भन्ने भावनाको बिकास नहुनु पनि रहेको छ ।

विगतमा प्रतिनिधिसभाभित्रै कार्यक्षेत्रको विवाद हुँदै आएकोमा राष्ट्रियसभा मातहतका समिति गठन भएपछि झनै क्षेत्राधिकारमा विवाद बढ्ने सांसदको चिन्ता छ । उनीहरूले विगतमा जस्तो समितिबीच विवाद नआउने गरी अहिलेदेखि नै सजगता अपनाउनुपर्नेमा जोड दिएका छन् ।