देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तोकिएको समयमा माग पूरा नभए फेरि अनशन बस्छु : डा. केसी

देशान्तर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा।डा। गोबिन्द केसीले सरकारसँग भएका सम्झौता तोकिएको समय सीमाभित्र कार्यान्वयन नभए फेरि आमरण अनशन बस्ने चेतावनी दिएका छन्।
२७ दिन लामो आमरण अनशन तोडेपछि उपचारका लागि भर्ना भएका डा। केसी मंगलबार डिस्चार्ज भएपछि पत्रकार सम्मेलन गरी केसीले तोकिएको समय सीमाभित्र कार्यान्वयन नभए फेरि आमरण अनशन बस्ने चेतावनी दिएका हुन् । उनले आफूूसँग भएका सम्झौता सरकारले कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। उनले चिकित्सा शिक्षा विधेयक संसदबाट तत्काल पारित गर्न पनि सरकारलाई आग्रह गरेका छन् । ‘सम्झौता भएको १३ दिन भइसक्यो तर सम्झौतालाई मन्त्रिपरिषदबाट अनुमोदन गराइएको छैन,उनले भने,‘तत्काल यो काम पुरा होस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा सुधारका लागि अब अनशन बस्नु पर्दैन भनेको स्मरण गर्दै डा। केसीले भने,‘ प्रधानमन्त्रीले भनेजस्तो वातावरण बनाउन म आग्रह गर्छु।’उनले आफूले सम्झौता कार्यान्वयनका लागि सरकारलाई १५ दिनको समय दिएकाले छलछाम भए कडा भन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिए। केसीले चिकित्सा शिक्षा ऐनसम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका काम अघि बढाउन कार्यल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठह¥याएका पदाधिकारीहरुलाई कारबाही गर्ने लगायत सम्झौताका बाँकी ६ बुँदाहरुलाई समेत तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्ण गराए।