काठमाडौँ । कांग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले सात प्रदेश, ७७ ओटा जिल्लासँगै ७ सय ५३ वटै स्थानीय तहका प्रत्येक वडाका बुथसम्म प्रशिक्षण चलाउन लागेको हो ।
प्रतिष्ठानका सभापति कांग्रेस उपसभापति विमलेन्द्र निधि रहनु भएको छ । पार्टी उपसभापति स्वतः प्रतिष्ठानको सभापति रहने व्यवस्था छ । केही समयअघि मात्रै उपसभापति निधिले प्रतिष्ठान निर्देशकमा पुरुषोत्तम दाहाललाई नियुक्त गरेका गर्नुभएको थियो ।
दाहालको नियुक्तपछि प्रशिक्षण कार्यक्रम बनेको हो । प्रशिक्षण कार्यक्रम छिट्टै देशव्यापी रूपमा सुरु हुने बताइएको छ । पार्टीमा देखिएका कमीकमजोरी सुधार्न स्थानीय तहसम्म प्रशिक्षण अभियान सञ्चालन गर्न लागेको उपसभापति निधिले बताए ।
प्रशिक्षणमार्फत राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली तथा अहिंसा र शान्तिका पक्षमा नीतिगत बहस हुने उनले बताए ।
प्रशिक्षणका लागि केन्द्रमा प्रशिक्षण कमिटी बनाउने, ‘पाठ्यक्रम’ तयार गर्ने र ‘आचारसंहिता’ बनाउने काम भइरहेको प्रतिष्ठानका निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।
काँग्रेसले लामो समयदेखी संस्थागत रूपमा जागरण एवं प्रशिक्षणका कार्यक्रम संचालन गर्न सकेको छैन ।
प्रतिक्रिया