काठमाडौं– संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम बहुमतले अस्वीकृति गरेको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिमा मतदानमार्फत जोशीबारे निर्णय गरिएको हो ।
समितिका सदस्य शिवकुमार मण्डलका अनुसार छलफलमा सहमति नजुटेपछि मतदानमार्फत टुङगो लगाएको जानकारी दिए ।
१५ सदस्यीय समितिमा नेकपाका ९, काङ्ग्रेसका चार, फोरम र राजपाका एक(एक सदस्य छन् ।
समितिमा रहेका काँग्रेस सांसदहरु मतदान बहिस्कार गरेका थिए । समितिका संयोजक जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले समितिको बैठकले प्रधानन्यायाधीश जोशीबारे गम्भीरतापूर्वक छलफल भएपछि निश्कर्षमा नपुगेपछि मतदानमा गएको बताए । उनले काङ्ग्रेसका सांसदले
स्वीकृतिको पक्षमा रहेको बैठकमा बताएपनि लिखित राय राख्ने भन्दै उठेर गएको बताए ।
प्रतिक्रिया