काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान परीक्षाफल प्रकाशित गरेको हो । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले जानकारी दिए ।
ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १सय ६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने बिद्यार्थी ११ हजार २ सय २१ रहेका छनभने २.०१ देखि २.८० जीपीए ल्याउनेमा ५८ हजार ३सय ४५ तथा २.०१ देखि २.४० जीपीए ल्याउने ९०हजार २ सय ९९ परीक्षार्थी रहेका छन् ।
परिक्षा बोर्डका अनुसार १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८ र १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ बिद्यार्थी रहेका छन । यसैगरी ०.८१ देखि १.२० जीपीए ल्याउने ४४ हजार ८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।
परीक्षा गत वैशाखमा भएको परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी रहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया